तनहुँमा फोहोरमैला प्रशोधन केन्द्र नजिक तीन जनाको विभत्स हत्या : खुल्यो दुई जनाको मात्र पहिचान

तनहुँमा फोहोरमैला प्रशोधन केन्द्र नजिक तीन जनाको विभत्स हत्या : खुल्यो दुई जनाको मात्र पहिचान


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २७ पुष २०८२
  • 7.5K
    Shares

पोखरा , २७ पुष २०८२।

तनहुँको शुक्लागण्डकी ५ कसेरीघाटस्थित फोहोरमैला प्रशोधन केन्द्र नजिक तीन जनाको विभत्स हत्या भएको स्थल

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ कसेरीघाटस्थित फोहोरमैला प्रशोधन केन्द्र नजिक तीन जनाको विभत्स हत्या भएको भएको छ।

इलाका प्रहरी कार्यालय बेलचौतारालाई शनिबार बिहान करिब साढे ९ बजे प्रशोधन केन्द्रका एक कर्मचारीले ‘दुई जना पुरुष मृत अवस्थामा भेटिएका खबर गरेपछि अनुसन्धानमा घटनास्थल पुगेको प्रहरी टोलीले तीन जनाको हत्या भएको खुलाएको हो।

प्रहरीका अनुसार , प्रहरीले शुक्लागण्डकी नगरपालिकाको फोहोरमैला प्रशोधन केन्द्र नजिकै दुई जना पुरुष र त्यहाँबाट एक किलोमिटर महिलाको शव भेट्टाएको छ ।

मृतकमध्ये शुक्लागण्डकी नगरपालिका–११ राइपुरका ३९ वर्षिय नारायण विक र  ठेगाना नखुलेका राजकुमार रानाको पहिचान भएको छ । अर्का एक महिलाको शव ढुन्डुरे नजिकै फेला परेको हो । उनको नामथर खुलेको छैन । उनीहरुसबै सरसफाई केन्द्रमा गएर फोहोर वर्गिकरण गरि ग्रिन रोड कम्पनीलाई विक्रि गर्ने गरेको बताइएको छ ।

मृतक विक गएको कार्तिकबाट फाहोरमैलामा काम गर्दै आएको बताइएको छ । दुई पुरुषलाई पेटमा र महिलालाई घाटीमा धारीले हतियार प्रहार गरिएको छ । घट्ना हेर्दा रातीनै भएको जस्तो देखिन्छ, पकाएर  राखिएका बस्तुहरु पनि यत्तिकै छन्, प्रहरी स्रोतले भन्यौ । 

घट्नाको प्रकृति हेर्दा हत्याको आशंक गरिएको छ । घट्नाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक धननारायण श्रेष्ठले जानकारी दिए । प्रहरीले पोखराबाट तालिम प्राप्त कुकुर ल्याएर घट्नाको अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक टेक बहादुर कार्की आफै अनुसन्धानमा खटिएका छन् । 

शुक्लागण्डकी नगरपालिकाको फोहोर व्यवस्थापन र वातावरण संरक्षणका लागि गएको बैशाखको दोस्रो साता नगरपालिकाका, ग्रिन रोड कम्पनी, सूर्य नेपाल प्रालिबीच सम्झौता भएको थियो । प्लाष्टिक मिश्रित रोड, ग्रिन ब्रिक बनाई प्लाष्टिकहरुको उचित व्यवस्थापन गरी वातावरण संरक्षण, जनचेतना अभिवृद्धिमुलक कार्यक्रम र गतिविधिहरु सञ्चालन गर्दै आइरहेको गैर नाफामुलक ग्रिन रोड कम्पनीले आगामी १० वर्षकोलागि फोहोर व्यवस्थापनको जिम्मेवारी पाएको हो । सम्झौता भएको तीन महिनापछि सञ्चालन गर्ने भनिएपनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । 

इलाका प्रहरी कार्यालय बेलचौतारालाई शनिबार बिहान करिब साढे ९ बजे प्रशोधन केन्द्रका एक कर्मचारीले ‘दुई जना पुरुष मृत अवस्थामा भेटिएका छन् भनी जानकारी गराएका थिए।

प्रहरी टोली घटनास्थल पुग्दा प्रशोधन केन्द्रको कम्पाउण्ड बाहिर दुई पुरुषको शव फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा उनीहरूलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको देखिएको प्रहरीले जनाएको छ।

मृतकमध्ये एक जना शुक्लागण्डकी नगरपालिका–११ पाल्पालीछाप निवासी अन्दाजी ४० वर्षीय नारायण विक भएको खुलेको छ।

उहाँ शुक्लागण्डकी नगरपालिकासँग सम्झौता गरी फोहोरमैला प्रशोधन केन्द्र सञ्चालन गरिरहेको ग्रिन रोड प्रालिका कर्मचारी हुनुहुन्छ। उहाँ यही महिनादेखि प्रशोधन केन्द्रमै बसेर काम गरिरहेका थिए भने तीन महिनादेखि सो केन्द्रमा कार्यरत थिए।

अर्का मृतक पुरुषको पहिचान हालसम्म खुल्न सकेको छैन। उनी पनि प्रशोधन केन्द्र बाहिर टहरा बनाएर बस्दै आएका व्यक्ति थिए।

दुई पुरुष मृत भेटिएपछि उनीहरूसँगै बस्दै आएकी एक महिला अचानक सम्पर्कविहीन भएपछि थप शङ्का उत्पन्न भएको थियो। प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा शनिबार दिउँसो करिब १२ बजे ती महिला पनि मृत अवस्थामा फेला परेकी हुन्। महिलाको शव दुई पुरुष भेटिएको स्थानबाट करिब सात सय मिटर टाढा जनकल्याण माध्यमिक विद्यालय पछाडि कसेरीघाटको जङ्गलमा फेला परेको थियो। महिला र पहिचान नखुलेका पुरुष दुवै जना बजार क्षेत्रबाट सङ्कलन गरिएको फोहोरमैला छानेर कवाडी संकलन गरी जीवनयापन गर्दै आएका र करिब एक वर्षदेखि त्यही टहरामा बस्दै आएको स्थानीयले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार