पोखरा , २३ पुष २०८२।
काठमाडौंको शंकरापुर नगरपालिका–३ जहरसिङपौवास्थित जंगलमा भएको बस दुर्घटनामा परेर चार जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
पिकनिकबाट फर्कदै गरेका नेचर हब भन्ने संस्थाका कर्मचारीहरू चढेको बा ४ ख ८७८८ नम्बरको बस जहरसिङपौवामा बुधबार साँझ पौने छ बजे दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो भने २७ जना घाइते भएका हुन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, मृत्यु हुनेमा ३ जना महिला र १ जना पुरुष रहेका छन् । दुर्घटनामा परेर ११ जना पुरुष र १६ जना महिला घाइते भएका छन् ।
दुर्घटनामा परेकामध्ये स्तुपा अस्पतालमा १, नेपाल मेडिकल कलेजमा १ र शंखरापुर अस्पतालमा १ जनाको मृत्यु भएको हो ।अर्थोपेटिक अस्पताल, शंखरापुर अस्पताल, नेपाल मेडिकल अस्पताल, स्तुपा अस्पताल, टिचिङ अस्पताल,मुलपानि नगर अस्पताल, सुस्मा कोइराला अस्पताल, पिपुल्स लाईफ केयर अस्पताल गरी जम्मा ८ वटा अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ ।
घाइतेमध्य १ जना महिलाको अवस्था गम्भीर छ । गम्भीर घाइते महिला शंखरापुर अस्पतालमा उपचाररत छन् ।