पोखरा, २३ पुष २०८२।
पिकनिकबाट फर्कदै गरेको बस काठमाडौंको जहरसिंह पौवामा दुर्घटनाग्रस्त भएको छ।
पिकनिक गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको बस महानगर यातायातको बस काठमाडौंको शंकरापुर नगरपालिका–४ स्थित जहरसिंह पौवामा बुधबार साँझ करिब ५ः४५ बजेतिर दुर्घटनाग्रस्त भएको छ। बस सडकबाट अन्दाजी १०० मिटर तल खसेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
घटनास्थलमा घाइतेहरूको उद्धारका लागि एम्बुलेन्सहरू पुगिसकेको र उनीहरूलाई विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। यतिबेला धमाधम उद्धारको काम जारी रहेकोले क्षतिको विस्तृत विवरण आइकेको छैन।