पोखरा, २२ पुष २०८२।
जिल्ला प्रशासन कार्यालय पर्साले बीरगन्जमा जारी गरेको कर्फ्यु आदेश दिउसो एक बजेसम्मका लागि थप गरेको छ।
हिजो जारी भएको कर्फ्यु आज बिहानसम्म कायम रहेकोमा स्थितिलाई सहज बनाउन कर्फ्यु आदेश दिउसो एक बजेसम्मका लागि थप गरेको हो ।
स्थानीय प्रशासनले पुर्व बसपार्क, नगवा, इनर्वा, पश्चिम: सिर्सिया नदी, उत्तर: गण्डक चौक र दक्षिण: शंकराचार्य गेटसम्मलाई निषेधित क्षेत्र तोकेको छ। कर्फ्यु उल्लङ्घन गर्नेहरूमाथि कडा कारबाही गर्दै आवश्यक परे गोली हान्ने आदेश समेत जारी गरिएको प्रशासनले जनाएको छ।
