पोखरा, २१ पुष २०८२।
यतिबेला सामाजिक सन्जालमा ‘बैकभित्र ऋणीले पेट्रोल छर्किएर आत्मादाहकाे प्रयास गरेको’ भिडियो भाइरल बनिरहेको छ।
उक्त भिडियो इटहरीस्थित एनआईसी एसिया बैकको शाखा कार्यालयभित्रको रहेको प्राप्त समाचारमा जनाइएको छ।
उक्त भिडियोमा इटहरीको एनआईसी एसिया बैक भित्र ऋणीले पेट्रोल छरेर आत्मादाहकाे प्रयास गरेका छन् । इटहरीका लालबहादुर पौडेलले आइतबार बैंकको शाखा कार्यालयभित्र शरीरमा पेट्रोल छर्किएर आत्मादाहकाे प्रयास बताइएको छ ।
प्राप्त जानकारी अनुसार , उनी बोतलमा पेट्रोल बोकेर बैंक पुगेका थिए। घटनास्थलमा रहेका बैंक कर्मचारी र दुर्गा प्रसाईँको नागरिक बजाउ अभियानका सदस्यले पौडेललाई जोगाएका थिए।
उनले व्यवसायी गंगाराम साह तेलीलाई आफ्नो जग्गा धितो राखेर दुई करोड रूपैयाँ ऋणस्वरूप लिएका थिए। अहिले तेलीले बैंकको किस्ता नतिरेका कारण उनको जग्गा लिलामी प्रक्रियामा गएको छ, जसको विरोधमा उनले आइतबार बैंकमै पुगेर आत्म हत्या को प्रयास गरेका बताइएको छ ।
(भिडियो सामाजिक सञ्जालबाट)