मकवानपुरको भिमफेदीमा टाटा सुमो गाडी दुर्घटनाग्रस्त : चार जनाको मृत्यु

मकवानपुरको भिमफेदीमा टाटा सुमो गाडी दुर्घटनाग्रस्त : चार जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २० पुष २०८२
  • 6.2K
    Shares

पोखरा, २० पुष २०८२।

मकवानपुरको भिमफेदीमा टाटा सुमो गाडी दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ।

काठमाण्डौबाट हेटौडा तर्फ आउदै गरेको ना.१ज १७७८ नं.को टाटा सुमो गाडी आज साँझ करीब सवा पांच बजेको समयमा भीमफेदी गाउपालिका वडा नम्बर ६ जुरीखेत स्थित भीमफेदी कुलेखानी काठमाण्डौ सडक खण्डमा दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको हो।

उक्त गाडी सडकबाट अन्दाजी एकसय मिटर तल खोल्सामा खस्न गई दुर्घटनाग्रस्त भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जानकारी दिएको छ। गाडीमा सवार नौ जनामध्ये चार जनाको मृत्यु भएको प्राप्त समाचारमा जनाइएको छ।

उक्त दुर्घटनामा मृत्यु भएका र घाइतेहरुको पहिचान हुन बाँकी रहेको छ।

प्रतिक्रिया