पोखरा, २० पुष २०८२।
मोरङमा एक जना वडा सचिव जेल चलान भएका छन्। मोरङको सुनवर्षी नगरपालिकामा कार्यरत वडा नम्बर २ का वडा सचिव ईश्वरराज रेग्मी जिल्ला अदालत मोरङको आदेश बमोजिम आज जेल चलान भएका हुन्।
अदालतले वडा सचिव रेग्मी एक जना स्कुले छात्रालाई बलात्कार गरेको अभियोगमा थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । सुनवर्षी नगरपालिका(२ का वडा सचिव ३१ वर्षीय रेग्मीलाई जिल्ला अदालत मोरङले तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरेबमोजिम हुने गरी थुनामा राख्ने आदेश दिएको हो ।अदालतको आदेशपछि रेग्मीलाई कारागार चलान गरिएको प्राप्त समाचारमा जनाइएको छ ।
खोटाङको ऐँसेलु खर्क गाउँपालिका(७ स्थायी घर भएका रेग्मीलाई प्रहरीले मङ्सिर २१ गते पक्राउ गरेको थियो । उनीमाथि कक्षा १० मा अध्ययनरत १७ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोग छ। प्रहरीका अनुसार मङ्सिर १४ गते राति रेग्मीले बालिकालाई आफ्नै कोठामा राखी बलात्कार गरेको भन्दै पीडित पक्षबाट जाहेरी परेको थियो ।