अख्तियार प्रमुखसहित उच्च पदस्थलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ

अख्तियार प्रमुखसहित उच्च पदस्थलाई धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १९ पुष २०८२
  • 2.8K
    Shares

काठमाडौँ, १९ पुष २०८२।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित उच्च पदस्थ व्यक्तिलाई ज्यान लिने धम्की दिएको आरोप लागेका व्यक्ति फिलिपिन्सबाट पक्राउ परेका छन् ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ घर भएका ३३ वर्षीय प्रकाश पाठक फिलिपिन्सको मालोलोस शहरबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार फिलिपिन्सको ब्युरो अफ इमिग्रेशन (बीआई) ले उनलाई नियन्त्रणमा लिइएको विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

जिल्ला अदालत पाठकबिरुद्ध काठमाडौंको पक्राउ पुर्जी र अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)बाट जारी डिफ्युजन जारी भएको थियो । नेपाल प्रहरीको समेत अनुरोधपछि पाठकलाई नियन्त्रणमा लिइएको फिलिपिन्सको इमिग्रेशनले विज्ञप्तिमार्फत जनाएको छ ।

पाठक हाल फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनको हिरासतमा रहेको जानकारी गराइएको छ । पाठकमाथि निष्काशन (डिपोर्टेसन) प्रक्रिया शुरु गरिएको र चाँडै नेपाल प्रहरीको जिम्मामा पठाइने जानकारी पनि दिइएको छ ।

पाठकले पत्र र भिडियो सन्देशमार्फत उच्च पदस्थमाथि धम्की दिएको खुलेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सोहीआधारमा पक्राउ परेका पाठक पेसेवर अभियुक्त रहेको खुलेको छ । पाठक यसअघि चार पटकसम्म विभिन्न कसुरमा मुद्दा चलेको व्यक्ति रहेको खुलेको हो । पाठकमाथि अनुसन्धान गर्ने क्रममा प्रहरीको सीआरएस (क्रिमिलन रेकर्ड सिस्टम) जाँच गर्दा चार वटा कसुरमा मुद्दा चलेको खुलेको जनाइएको छ ।

पाठकमाथि सार्वजनिक अपराध (अभद्र व्यवहारको कसुर) देखि ठगी तथा आपराधकि विश्वास, आपराधिक लाभसम्मको मुद्दा चलेको भेटिएको थियो । पाठकले अख्तियार प्रमुख राईसहित उच्च पदस्थलाई १० जनालाई धम्की दिएको पाइएको छ ।

पाठक ६५ लाख ठगीका फरार अभियुक्त, ४ मुद्दाका आरोपी रहेको रेकर्डले देखाएको हो । रकम असुल्ने उद्देश्य वा कसैले सुपारी दिएर धम्क्याउन लगाएको हुनसक्ने आशंका प्रहरीको छ । पाठक जेनजी आन्दोलनमा हिंसा भडकाउने काममा समेत संलग्न रहेको आशंका गरिएको छ ।

प्रतिक्रिया