सिन्धुपाल्चोकमा नेकपा एमालेका युवा नेता रमेश लामामाथि सांघातिक आक्रमण

सिन्धुपाल्चोकमा नेकपा एमालेका युवा नेता रमेश लामामाथि सांघातिक आक्रमण


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १९ पुष २०८२
  • 6.5K
    Shares

काठमाडौँ, १९ पुष २०८२।

नेकपा एमालेका युवा नेता रमेश लामामाथि सिन्धुपाल्चोकको कोठे क्षेत्रका केही युवाहरूले रडलगायत घरेलु हतियार प्रयोग गरी सांघातिक आक्रमण गरेका छन्। आक्रमणमा गम्भीर घाइते भएका लामाको हाल भक्तपुरस्थित अन्तर्राष्ट्रिय अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।

प्रत्यक्षदर्शीका अनुसार प्रहरीकै सामुन्नेमा भएको उक्त आक्रमण ज्यान लिने नियतसहित गरिएको थियो। घटनापछि स्थानीयवासी र राजनीतिक वृत्तमा आक्रोश फैलिएको छ। शान्ति सुरक्षा कायम गर्न सरकार र सुरक्षानिकाय गम्भीर रूपमा असफल भएको भन्दै कडा आलोचना भइरहेको छ।

राजनीतिक दल, नागरिक समाज तथा मानवअधिकारकर्मीहरूले यस घटनाको तीव्र निन्दा गर्दै दोषीमाथि तत्काल कडा कारबाही र घाइते लामाको निःशुल्क तथा प्रभावकारी उपचारको माग गरेका छन्। “प्रहरीको उपस्थितिमै यस्तो जघन्य आक्रमण हुनु राज्यको शान्ति सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न हो,” उनीहरूको भनाइ छ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ भने आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाइएको छ। यस घटनाले देशको शान्ति सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता बढाएको छ।

प्रतिक्रिया