दार्चुलामा झन्डै एक किलो चरेससहित दुई युवा पक्राउ

दार्चुलामा झन्डै एक किलो चरेससहित दुई युवा पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १९ पुष २०८२
  • 3.7K
    Shares

काठमाडौँ, १९ पुष २०८२।

दार्चुलामा झन्डै एक किलो लागू औषध चरेससहित दैलेखबाट दुई जना पक्राउ परेका छन्।

जिल्लाको मालिकार्जुन गाउँपालिका–७ सेल्प्यास्थित महाकाली करिडोरबाट लागूऔषध चरेससहित दुई युवा पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा मालिकार्जुन गाउँपालिका–७ को डिङ्सीका ३० वर्षीय महेन्द्र सिंह धामी र २८ वर्षीय मधुकर उपाध्याय रहेकाप्रहरीले जानकारी दिएको छ।

उनीहरु सवार से ७ प ५३९२ नम्बरको मोटरसाइकललाई शंकाका आधारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक धामीको साथबाट नौसय ९१७ ग्राम चरेस बरामद गरिएको हो ।

उनीहरूको साथबाट १० हजार भारतीय रुपैयाँ र एक हजार ३५० नेपाली रुपैयाँ नगद समेत बरामद गरिएको छ । लागूऔषध चरेस, नगद र मोटरसाइकलसहित दुवै जनालाई प्रहरी चौकी जोलजीबीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया