१५औं महाधिवेशन आगामी वैशाख २८ देखि ३१ सम्म काठमाडौंमा गर्ने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय : पुष भित्रै विशेष महाधिवेशन गर्ने गगन थापाको भनाई

१५औं महाधिवेशन आगामी वैशाख २८ देखि ३१ सम्म काठमाडौंमा गर्ने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय : पुष भित्रै विशेष महाधिवेशन गर्ने गगन थापाको भनाई


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १८ पुष २०८२
  • 6.1K
    Shares

पोखरा, १७ पुष २०८२।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औं महाधिवेशन आगामी वैशाख २८ देखि ३१ सम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रस्तावलाई बैठकले अनुमोदन गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

तर, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले निर्णयमा नोट अफ डिसेन्ट जनाएको पनि महतले बताए। महामन्त्रीद्वयले बिहीबार विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगित गर्दै विशेष महाधिवेशनतर्फ जाने उल्लेख गरेका थिए।

यसैबीच कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री गगन थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी वैशाखमा गर्ने निर्णय गरे पनि पुष भित्रै विशेष महाधिवेशन गर्ने बताएका छन्। 

महामन्त्री थापाले बहुमतले महाधिवेशनको कार्यतालिका पारित भएको बताए। विधानअनुसार, महाधिवेशनको कार्यतालिका पारित गरिएको भए पनि विधान अनुसार नै विशेष महाधिवेशन हुने बताए। 

‘मन लागेको विषयमा विधान हेर्ने, मन नलागेको विषयमा विधान नहुर्ने भन्ने हुँदैन। विशेष महाधिवेशनबारे निर्णय हुनैपर्छ,’ थापाले भने, ‘एक–दुई दिनको समय छ। केन्द्रीय कार्यसमितिको बैठक राखेर विशेष महाधिवेशन बोलाउनुपर्छ।’

केन्द्रीय कार्यसमितिको बैठक बोलाएर विशेष महाधिवेशनका विषयमा निर्णय नभएमा आफूले विशेष महाधिवेशन गर्ने थापाको भनाइ थियो। महामन्त्री भनेको कांग्रेसको केन्द्र भएकाले त्यसका आधारमा विशेष महाधिवेशन गर्ने उनले बताए। 

विधान अनुसार, नै महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेकाले त्यहीअनुसार, केन्द्रले निर्णय गर्नुपर्ने बताउँदै महामन्त्री थापाले भने, ‘म टुलुटुृल हेरेर बस्दिँन। विधानको धारा अनुसार जान्छु। आफ्नो अधिकार प्रयोग गरेर विशेष महाधिवेशन गर्छु।’ 

एक–दुई दिन केन्द्रीय कार्यसमितिलाई पर्खिने उनले बताए। ‘केन्द्रीय कार्यसमितिले आयोजना गर्ने वा नगर्ने एक–दुई दिनमा प्रष्ट हुन्छ,’ थापाले देशभकार महाधिवेशन प्रतिनिधिलाई आह्वान गर्दै भने, ‘पुस मसान्तभित्र विशेष महाधिवेशनका लागि काठमाडौं आउने तयारी गर्नुहोला।’ 

त्यसमा आफूहरूको फरक मत रहेको बताए। उनले अब विधान अनुसार माग भएको विशेष महाधिवेशन गर्नुको विकल्प नभएको बताए।

उनले भने, ‘हामीले आज फरक मत राखेका छौँ। पार्टीका कार्यवाहक सभापतिसहित जिम्मेवार नेताले विधानको पालना गर्नुपर्छ। विधानको उल्लङ्घन गर्न छुट कसैलाई छैन। हामी फरक मत राख्यौँ भनेर घरमा गएर सुत्दैनौँ।’

एक दुई दिनमा बैठक नबोलाए आफू विधानको पालना नगरेको कुरा आफू टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए। उनले केन्द्रीय समितिकै बैठक राखेर निर्णय नभएर आफूले विशेष महाधिवेशन हुने दाबी गरे। उनले काठमाडौंमा पुसभित्र कांग्रेसको विशेष महाधिवेशन हुने स्पष्ट पारे।

मंसिर १५ गतेको केन्द्रीय समितिको बैठकले कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेअनुसार विशेष महाधिवेशन नियमित महाधिवेशन हुने अवस्थामा मात्रै त्यो स्थगित हुने भनिएको तर नियमित नभए उक्त माग सम्बोधन गर्नुपर्ने अवस्था सुरु हुने थापाको भनाइ छ ।

प्रतिक्रिया