न्यायाधीशहरुलाई धम्क्याएको आरोप लागेका तिमल्सिनाबिरुद्ध परेन उजुरी : कारागार पठाउने प्रहरीको तयारी

न्यायाधीशहरुलाई धम्क्याएको आरोप लागेका तिमल्सिनाबिरुद्ध परेन उजुरी : कारागार पठाउने प्रहरीको तयारी


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १७ पुष २०८२
  • 8.2K
    Shares

पोखरा , १७ पुष २०८२।

पोखराबाट पक्राउ गरिएका डार्क फाइल नेपाल अभियानका संयोजक राजकुमार तिमल्सिनालाई प्रहरीले कारागार पठाउने तयारी गरेको छ।

सामाजिक सञ्जालमार्फत निरन्तर न्यायाधीशहरुलाई धम्क्याएको आरोपमा पक्राउ गरिएका तिमल्सिनाबिरुद्ध कुनै उजुरी नपरे पछि प्रहरीले उनलाई कारागार पठाउने तयारी गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पोखराबाट पक्राउ गरेर तिमल्सिनालाई काठमाडौं पुर्याएको थियो । अब उनलाई कारागार पठाउने तयारी भैरहेको प्रहरी स्रोतलाई उद्धृत गर्दै प्राप्त समाचारमा जनाइएको छ।

प्राप्त जानकारी अनुसार , ललितपुर गोदावरीका राजकुमार तिमल्सिनालाई अब कारागार पठाइने भएको छ ।

डार्क फाइल नेपाल अभियानका तिमल्सिनाले सार्वजनिक गरेको अडियो गलत भएको भन्दै अदालतले उनलाई ६ महिना कैदको फैसला सुनाएको थियो । कारागार बसाइको ५१ औं दिनमा भएको जेन जी आन्दोलनका क्रमम भदौ २४ गते उनी कारागारबाट भागेका थिए।

कारागारबाट भागे पछि पनि उनीविरुद्ध सामाजिक सञ्जालमार्फत निरन्तर न्यायाधीशहरुमाथि धम्की दिँदै आएको आरोप लगाइएको छ। यो विषयमा भने अहिलेसम्म उजुरी नआएपछि प्रहरीले तिमल्सिनालाई बाकी कैद भुक्तानका लागि कारागार पठाउने तयारी गरेको समाचार स्रोतहरुले बताएका छन्अ।

प्रतिक्रिया
सम्बन्धित समाचार