पोखरा, १७ पुष २०८२।
लुटिएको प्रहरीको पेस्तोल सहित लेटाङका युवा पक्राउ
काठमाडौंको ठमेल, बाफल क्षेत्रमा गुण्डागर्दी गर्दै हिँड्ने व्यक्तिको हातमा प्रहरीको पेस्तोल भेटिएको छ ।
गएको भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनमा लुटिएका दुई पेस्तोल काठमाडौंको ठमेल, बाफल क्षेत्रमा गुण्डागर्दी गर्दै हिँड्ने पटके गुण्डाको हातमा भेटिएको हो ।
काठमाण्डौमा पटके गुण्डाको पहिचान बनाएका काठमाडौं डल्लु बस्ने झिल्के भनिने विकाश शाही, मोरङ लेटाङका २२ वर्षीय शाहिल तिवारी र काठमाडौं बाफल बस्ने ३३ वर्षीय जस्वन राई भनिने अश्विन राईको साथबाट
गुण्डागर्दी, हप्ता असुली गर्दै हिँड्ने व्यक्तिले दुई पेस्तोल आफ्नो कोठामा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो । यो प्रकरणमा काठमाडौं डल्लु बस्ने झिल्के भनिने विकाश शाही, मोरङ लेटाङका २२ वर्षीय शाहिल तिवारी र काठमाडौं बाफल बस्ने ३३ वर्षीय जस्वन राई भनिने अश्विन राईबाट फेला परेको हो ।