फेवातालको गाईघाट क्षेत्रबाट माटो झिक्न शुरु

फेवातालको गाईघाट क्षेत्रबाट माटो झिक्न शुरु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १७ पुष २०८२
  • 3.5K
    Shares

पोखरा, १७ पुष २०८२।

फेवातालको तल्लो भाग गाईघाट क्षेत्रमा जम्मा भएको गेग्रान माटो र फोहोर निकाल्न शुरु गरिएको छ।

पोखरा १७ गाईघाटमा फिर्केखोला र बुलौदीखोलाबाट बगेर आई तालमा जम्मा भएको गेग्रान माटो र फोहोर निकाल्न शुरु गरिएको हो।

सो क्षेत्रमा जम्मा भएको करिब चारहजार पांच सय ५० घनमिटर गेग्रान माटो निकालिने पोखरा महानगरपालिकाका इन्जिनियर नेत्र तिमिल्सिनाले जानकारी दिए ।

फेवातालको माटो ठाउँ अनुसार एकदेखि चारमिटर गहिराईसम्मको माटो निकालिने र त्यसका लागि महानगरले अघिल्लो वर्ष छुत्ताएको २५ लाख रुपियाँ बजेट खर्चिने उनले बताए । यस वर्ष पनि थप बजेट छुट्याइएको उनले खुलाए।

त्यसपछि खोलाबाट बगेर आउने फोहोरजन्य वस्तु रोक्न २३ मिटर लामो चेक ड्याम निर्माण गरिने उनले बताए । फेवातालको मुहान मानिने खोलाहरुबाट वर्षेनी एक लाख ४२ हजार घनमिटर भन्दा बढी माटो फेवातालमा आएर मिसिने गरेको सरकारी तथ्याङ्क छ । जसका कारण तालको सतह घट्दै जाँदा अतिक्रमण बढ्दो छ ।

फेवाताल वरपर रहेका २९ वटा खोलाबाट आएको ढुंगा, गिट्टी, बालुवा, प्लाष्टिक लगायत तालमा आउने गर्दछन् । फेवातालको मापदण्ड कार्यान्वयन गर्न गठित सहजीकरण समितिले फेवाताल ६.३४३ वर्ग किलोमिटर अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम क्षेत्रमा फैलिएको जनाएको छ ।

प्रतिक्रिया