पोखरा , १७ पुष २०८२।
इलामको पशुपतिनगरस्थित प्रस्तावित सीमा सुरक्षा गुल्मका प्रमुख सशस्त्र प्रहरी डिएसपी प्रकाश कोइरालाको मृत्यु भएको छ ।
पांच दिन अघि मात्र गुल्मपति भएर इलामको पशुपतिनगर पुगेका सशस्त्र प्रहरीका डिएसपी कोइरालाको बुधबार हृदयघातका कारण मृत्यु भएको हो।
ड्युटीमै रहेका बेला हृदयघातका कारण ढलेका डिएसपी कोइरालालाई तत्काल उपचारका लागि अस्पताल पुर्याइकोमा इलाममा उपचार सम्भव नभए पछि हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको थियो। काठमाडौंस्थित एपिएफ अस्पतालमा उपचार हुँदा हुँदै उनको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।