रबि लामिछाने कास्की जिल्ला अदालतमा : अदालत परिसरभित्रैबाट धर्मपत्नीलाई दिए जन्मदिनको शुभकामना

रबि लामिछाने कास्की जिल्ला अदालतमा : अदालत परिसरभित्रैबाट धर्मपत्नीलाई दिए जन्मदिनको शुभकामना


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ पुष २०८२
  • 3.7K
    Shares

पोखरा , १६ पुष २०८२।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति आज धर्मपत्नी निकिता पौडेलका साथ् आज आज जिल्ला अदालत कास्कीमा उपस्थित भएका छन।

सहकारी ठगी मुद्दामा तारेख धान्न उनी धर्मपत्नी निकिता पौडेलका साथ् आज आज जिल्ला अदालत कास्कीमा उपस्थित भएका हुन। त्यति मात्र हैन, लामिछानेले कास्की जिल्ला अदालत परिसरभित्र रहेको गोलघरबाट धर्मपत्नी निकितालाई जन्मदिनको धुभाकामाना पनि दिएका छन्।

उनले अघिल्लो वर्ष आफू कास्की प्रहरीको हिरासतमा रहंदा सोहि गोलघरमा धर्मपत्नी निकितालाई भेटेर जनाम्दिन्को शुभकामना दिएको स्मरण गर्दै आज त्यही ठाउँको तस्बीर सहित धर्म पत्नी निकितासहितको फोटो सामाजिक संजालमा सार्वजनिक गरेका छन्।

उनले आफ्नो सामाजिक संजालमा लेखेका छन्,”मलाई सम्झना छ ,अघिल्लो वर्ष आजकै दिनमा तिम्रो जन्मदिनमा मलाई हिरासतबाट यहि कास्की जिल्ला अदालतमा ल्याइएको थियो । थुनुवाको रूपमा अदालत बाहिरको यहि गोलघरमा सबैको आँखा छलेर फटाफट दियो बाली दहि खुवाएर मैले तिमीलाई जन्मदिनको शुभकामना दिएको थिएँ। ठिक एक वर्षपछि आज फेरि तिम्रो जन्मदिन कै अवसरमा हामी यहि कास्की जिल्ला अदालतमा नै तारिख धाउन उपस्थित हुनु परेको छ। गत वर्ष प्रहरी साथी हरुको आँखा छलेर १ मिनेटमा तिम्रो जन्मदिन यहि गोलघरमा मनाइएको थियो। आज थोरै स्वतन्त्रता छ तर लडाइ वाँकि नै छ । हर लडाइमा हिम्मत साथ उभिने तिमीलाई जन्म दिनको अनेकौं शुभकामना । संसार भरिका देवी देउताले तिम्रो रक्षा गरून। Happy Birthday Dear Budi Nekita Poudel Lamichhane

प्रतिक्रिया