पोखरा, १५ पुष २०८२।
ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालय परिसरमा पेस्तोल भेटिएको छ ।
पार्टी मुख्यालय परिसर सरसफाइका क्रममा मंगलबार पेस्तोल भेटिएको हो ।
पार्टी मुख्यालय भित्र कसको हो ? केही खुल्न सकेको छैन। तर उक्त पेस्तोले प्रहरीको जिम्मा लगाइएको समाचार स्रोतहरुले जानकारी दिएको छ।
उक्त पेस्तोल जेन-जी आन्दोलनको क्रममा बानेश्वर प्रहरी वृत्तबाट लुटिएको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिए।
‘कार्यालय नजिकैको झाडीमा फ्याँकिएको अवस्थामा भेटिएको सूचनाको आधारमा हामीले पेस्तोल फेला पारेका हौँ । ट्याली गर्दा बानेश्वर प्रहरी वृत्तबाट लुटिएको पाइएको छ’, उनले बताए ।