सरकारले गर्‍यो, गृहसहित सात सचिवको सरुवा : काे कहाँ ?

सरकारले गर्‍यो, गृहसहित सात सचिवको सरुवा : काे कहाँ ?


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १४ पुष २०८२
  • 6.2K
    Shares

पोखरा , १४ पुष २०८२।

सरकारले गृह सचिवसहित सात जना सचिवको सरुवा गरेको छ ।

पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गर्दै, गृह सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई सरुवा गरिएकाे छ।

यस्तै लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव डा. कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएकाे छ भने उनको स्थानमा राष्ट्रपति कार्यालयका सचिव दिपक काफ्लेलाई ल्याइएको छ ।

युवा तथा खेलकुद सचिव डा. हरि लम्साललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । उनको ठाउँमा उपराष्ट्रपति कार्यालयका लोकनाथ पौडेललाई ल्याइएकाे छ ।

प्रतिक्रिया