काठमाडौँको केन्द्रीय कारागार सुन्धाराबाट भागेका कैदीको भारतमा मृत्यु

काठमाडौँको केन्द्रीय कारागार सुन्धाराबाट भागेका कैदीको भारतमा मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १२ पुष २०८२
  • 7.2K
    Shares

पोखरा,१२ पुष २०८२।

काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका एक कैदीको भारतमा मृत्यु भएको छ।

गएको भदौ २३ र २४ गतेको जेन जी आन्दोलनको क्रममा सुन्धारा कारागारबाट भागेका झापाको बिर्तामोड नगरपालिका-३ घर भएका कैदी ४० वर्षीय आलम मियाको भारतको हिमाञ्चल प्रदेशमा मृत्यु भएको हो। मिया जबरजस्ती करणीको मुद्दामा चार वर्षदेखि कैद सजाय भोग्दै थिए। 

सुन्धारा कारागारबाट भागेर भारतको हिमाञ्चल प्रदेशस्थित पानी प्रशोधन कम्पनीमा काम गर्न पुगेका मिया पुष १० गते कार्यस्थलमै बेहोस भएर अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको थियो। 

मृत्युपश्चात् उनका आफन्तले भारतको गलगलिया नाका हुँदै भद्रपुर नाका मार्फत शव नेपाल ल्याएका छन्।

प्रतिक्रिया