रौतहटको ज्योति डिस्टिलरीमा विष्फोट हुँदा एक जनाको मृत्यु, ६ घाइते

रौतहटको ज्योति डिस्टिलरीमा विष्फोट हुँदा एक जनाको मृत्यु, ६ घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १२ पुष २०८२
  • 3.2K
    Shares

रौतहटको ज्योति डिस्टिलरी उद्योग

पोखरा , १२ पुष २०८२।

रौतहटमा रहेको एक डिस्टिलरी उद्योगमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन ।

जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ९ स्थित ज्योति डिस्टिलरीको ब्वाइलर आज बिहान विस्फोट हुँदा स्थानीय ४५ वर्षीय लक्ष्मण यादवको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णु बस्यालले जानकारी दिएका छन्।

उक्त विस्फोटमा परी घाइते भ​एकाहरुलाई उपचारको लागी वीरगञ्ज पठाइएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया