बिप्लवको अर्घाखाँचीस्थित जनकम्युनबाट हतियार र बिष्फोटक पदार्थ बरामद

बिप्लवको अर्घाखाँचीस्थित जनकम्युनबाट हतियार र बिष्फोटक पदार्थ बरामद


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १२ पुष २०८२
  • 7.4K
    Shares

पोखरा , १२ पुष २०८२।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले अर्घाखाँचीमा संचालन गरेको भनिएको जनकम्युनबाट बन्दुकलगायत बिष्फोटक पदार्थ बरामद भएका छन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका प्रमुख डिएसपी दिवसबहादुर जिसीको कमान्डमा गएको प्रहरी टोलीले शुक्रबार बिहान १० बजेतिर शितगंगा नगरपालिका–११ बोक्सेस्थित जनकम्युन रहेको क्षेत्रको खाली गोठबाट बन्दुकलगायत बिष्फोटक पदार्थ बरामद गरेको हो ।

उक्त खाली गोठबाट भरूवा बन्दुक दुई थान, ग्रिनेड १४ वटा, डेटोनेटर १२ वटा, लामो लन्चर जस्तो देखिने प्लास्टिकको पाइप ३ वटा, पाँच लिटरको प्रेसर कुकर बम एउटा, स्टिलको बम एउटा, बिजुलीको तार ४ बन्डल, बारूद ५०० ग्राम बरामद भएको प्रहरीले जानकारी दिएको छ।

बरामद भएको भरूवा बन्दुक बाहेक अन्य विस्फोटक पदार्थ नेपाली सेनाको सहयोगमा शुक्रबार नै डिस्पोज गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया