लमजुङ, पर्वत र तनहुँसहित १२ जिल्लामा सीडीओ फेरिए, कारागार ब्यबस्थापन विभागमा घिमिरे (सूचीसहित)

लमजुङ, पर्वत र तनहुँसहित १२ जिल्लामा सीडीओ फेरिए, कारागार ब्यबस्थापन विभागमा घिमिरे (सूचीसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ पुष २०८२
  • 6.5K
    Shares

गृह मन्त्रालय

पोखरा , ११ पुष २०८२।

सरकारले चुनाब हुन झन्डै दुई महिना बाँकी रहंदा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ भने कारागार ब्यबस्थापन विभागका प्रमुख परिवर्तन गरेको छ ।

कारागार ब्यबस्थापन विभागको प्रमुख शशिधर घिमिरेलाई खटाइएको अवस्थामा पर्वत जिल्लाको सीडीओको रुपमा लक्ष्मी प्रसाद पौडेललाई र लमजुङमा उमेश ढुंगानालाई सीडीओको रुपमा पदस्थापन गरिएको छ भने तनहुँमा शिवलाल अधिकारीलाई सरुवा गरिएको छ।

हेर्नुस सरुवा सूची

१२ जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरू हेरफेर भएका छन् । गृह मन्त्रालयले शुक्रबार एक सूचना निकाल्दै १२ जिल्लाका सीडीओका साथै कारागार व्यवस्थापन विभागको महानिर्देशक हेरफेर भएको समेत जानकारी गराएको छ ।

जारी सूचना अनुसार कारागार व्यवस्थापन विभागमा शशीधर घिमिरेलाई पठाइएको छ । भोजपुरको सीडीओमा राजन पौडेललाई पठाइएको छ । पवर्तमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल, प्युठानमा शान्ति राज प्रसाईंलाई पठाइएको छ ।

प्रतिक्रिया