प्रहरी चौकी घाचोकका सहायक हवल्दार अधिकारी बिगत दुई महिनादेखि सम्पर्कबिहीन

प्रहरी चौकी घाचोकका सहायक हवल्दार अधिकारी बिगत दुई महिनादेखि सम्पर्कबिहीन


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ पुष २०८२
  • 8.2K
    Shares

दौडिरहेका प्रहरी

पोखरा , ११ पुष २०८२।

प्रहरी चौकी घाचोकका सहायक हवल्दार बिगत दुई महिनादेखि सम्पर्कबिहीन भएका छन्। लमजुङको कुन्छा ५ बाट हालको भानु नगरपालिका वडा नम्बर ४ घर भएका प्रहरी सहायक हवल्दार गएको कार्तिक २३ गतेदेखि कार्यालयमा सपर्कबिहीं भएका हुन्।

यसरी सम्पर्कबिहिन हुनेमा प्रहरी सहायक हवल्दार अधिकारी मात्र हैन, नेपाल प्रहरीका २० जना प्रहरी कर्मचारी दुई महिनादेखि गैरहाजिर छन्।

प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार केही प्रहरी असोजदेखि र केही कात्तिकदेखि आफुखुशी गैरहाजिर छन्।  

आफूखुशी गैरहाजिर रहेका ती प्रहरीलाई तत्काल सम्पर्कमा आउन भनेर प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको हो।

उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक  स्पष्टीकरण जवाफसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया