“छलफल सकारात्मक” भन्दै बैठकस्थलबाट बाहिरिए रबि लामिछाने

“छलफल सकारात्मक” भन्दै बैठकस्थलबाट बाहिरिए रबि लामिछाने


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १० पुष २०८२
  • 6.6K
    Shares

पोखरा, १० पुष २०८२।

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन् ।

ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो । वार्ता सकेर लामिछाने भर्खरै निस्किएका हुन् ।

बालेनसँगको वार्तापछि उनलाई सञ्चारकर्मीले वार्ता के भयो ? भनेर प्रश्न गरेका थिए ।

सो क्रममा रविले प्रतिप्रश्न गर्दै भनेका छन्, ‘मेरो अनुहारले के भन्छ ?’ लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँगको छलफल सकारात्मक भएको बताए। 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्तिहरू एक ठाउँमा आउने प्रयास स्वरूप उनीहरूबिच वार्ता भएको हो । वार्तामा जेनजी अभियन्ता सुदन गुरुङ, रक्षा बम,पुरुषोत्तम यादव सहभागी थिए ।

त्यस्तै उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ, निवर्तमान सांसद अमरेश कुमारसिंह, सुनिल शर्मा लगायत पनि सहभागी थिए ।

प्रतिक्रिया