पोखरा , ८ पुष २०८२।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र काटेको छ। आयोगले मंगलबार पत्र पठाउँदै लेखकलाई सात दिनभित्र उपस्थित भएर बयान दिन निर्देशन दिएको हो।
लेखकपछि आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको जनाएको छ।
आयोगले भदौ २३ र २४ गतेको आन्दोलनको समयमा तत्कालीन प्रशासनिक र प्रहरी प्रशासनका प्रमुख र प्रहरी अधिकारीसँग बयान सकेपछि राजनीतिक नेतृत्वसँग बयान लिन लागेको हो ।
जेन जी आन्दोलनका समयमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक थिए। उक्त आन्दोलनका क्रममा दमन हुँदा ७६ जना युवाहरुको ज्यान गएको थियो भने हजारौं घाइते भएका थिए।