फेवातालको सिमसार क्षेत्रमा गण्डकी प्रदेशका मन्त्री केसीको जग्गा पुर्दापुर्दै पक्राउ परे बिबादास्पद ब्यबसायी खतिवडा : अभद्र ब्यबहार मुद्दा दर्ता

फेवातालको सिमसार क्षेत्रमा गण्डकी प्रदेशका मन्त्री केसीको जग्गा पुर्दापुर्दै पक्राउ परे बिबादास्पद ब्यबसायी खतिवडा : अभद्र ब्यबहार मुद्दा दर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ पुष २०८२
  • 6.6K
    Shares

पोखरा, ८ पुष २०८२।

पोखराका विवादश्पद ब्यबसायी युवराज खतिवडाबिरुद्ध अभद्र ब्यबहारको मुद्दा दर्ता भएको छ।

डोजर, ट्रिपर लगाएर फेवातालको सिमसार क्षेत्र पुर्दापुर्दै सोमबार पक्राउ परेका पोखराका विवादश्पद ब्यबसायी युवराज खतिवडाबिरुद्ध कास्की प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय कास्किमार्फत जिल्ला प्रशासन कार्यालय कास्कीमा अभद्र ब्यबहारको मुद्दा दर्ता गराएको हो।

विगत केही वर्षदेखि धमाधम फेवातालको सिमसार क्षेत्रमा डोजर चलाएर पुर्ने र घडेरी प्लोटिङ कार्य गर्दै आएका बिबादास्पद व्यवसायी युवराज खतिवडा पोखरा–१८ पामेमा रहेको गण्डकी प्रदेशका मन्त्री प्रकाशबहादुर केसीको जग्गामा माटो हालेर पुएदै गर्दा मंगलबार समातिएका थिए।

कास्की प्रहरीले भने पोखरा–१८ पामेमा जथाभावी भीर र डाँडामा डोजर लगाएर ढुङ्गो, माटो निकाल्ने र सिमसार पुरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको बताएको छ।

‘अनुमति पनि नलिइकन मनोमानी डाँडा कटान गरेर फेवातालको सिमसार पुरिरहेको विषयमा जानकारी आएपछि सोधपुछका क्रममा युवराज खतिवडाले प्रहरीलाई दुर्व्यवहार गरे,’ डिएसपी नमराज भट्टराईले भने, ‘हामीले उनलाई नियन्त्रणमा लिएका छौं र ४ वटा ट्रीपर र स्काभेटरको चाबी प्रहरिले राखेका छ । बैदामका डिएसपी भट्टराईले यस विषयमा विस्तृत अनुसन्धान गरिने पनि बताएका छन्।

बैदाम प्रहरीले सोधपुछ गर्दा खतिवडाले उल्टै प्रहरीलाई धम्क्याएका थिए। स्थानीय प्रत्यक्षदर्शीका अनुसार, प्रहरीलाई सरूवा गरिदिने धम्कि दिएका छन । हिजोसम्म पुर्दा केही नगर्ने आज किन रोक्ने भन्दै दादागिरी शैलिमा प्रस्तुत भएका थिए । खतिवडा प्रहरीको गाडीमा नजाने अडानसमेत राखेका थिए।

करिब आधा दर्जन गाडी र भ्याकु लोडर प्रयोग गरेर ‘सिमसार पुरिरहेका खतिवडाले प्रहरी प्रमुखलाई सरूवा गरिदिने धम्की दिदै आएका थिए । “हिजोसम्म पुरिरहेको र भोलि पनि पुर्छु, के गर्छस् भनेर धम्की दिए,’ एक प्रत्यक्षदर्शीले भने, ‘सोधपुछमा गएका प्रहरीलाई उनले झाक्कल झुक्कल पनि पारेका थिए।’ उनको कार्यशैली अराजक र उच्छृङ्खल रहेको थियो ।

नेकपा एमालेबाट गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनेका प्रकाशबहादुर केसीले गैरकानुनी रूपमा निजि तबरले फेवातालको सिमसार क्षेत्रमा पर्ने आफ्नो जग्गा पुर्न बिबादास्पद व्यवसायी युवराज खतिवडालाई गैरकानुनी रूपमा ठेक्का दिएको स्थानीय बासिन्दाहरुले बताएका छन्ब।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बनेका प्रकाशबहादुर केसीले भने सिमसार पुर्ने कार्यमा आफ्नो कुनै संलग्नता नरहेको बताए। जनसञ्चार डट कम संग कुराकानी गर्दै उनले सिमसार पुर्ने कामको ठेक्का आफुले कसैलाई नदिएको पनि जिकिर गरे। आफ्नो जग्गा बाटोभन्दा मुनि रहेको र त्यो जग्गा पुर्ने काम नभएको जानकारी दिंदै मन्त्री केसीले आफूले बेच्नका लागि बैना गरेको जग्गा पुरिएको भए आफूलाई थाहा नभएको बताए। उनले भने , सिमसार पूर्ण पाइदैन र पुर्नेलाई कारबाही हुनु पर्छ। “

फेवातालको सिमसार क्षेत्रमा सडकका भित्ता, पहरा र डाँडामा डोजर चलाउँदा खतिवडाले पोखरा महानगरपालिका सहित कुनै पनि निकायबाट अनुमति लिएका छैनन्। सिमसार क्षेत्र पुर्नकै लागि उनले जथाभावी डोजर चलाएर ढुंगा, माटो संकलन गर्ने र सिमसार क्षेत्रमा लगेर खन्याउने गरेको स्थानीयबासी बताउँछन्। 

प्रतिक्रिया