पोखरा, ८ पुष २०८२।
ह्विल चियर बिना हिड्न नसक्ने हस्त गौतम गएको भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा काठमाण्डौको सुन्धारा कारागारबाट भागे। झन्डै साढे तीन महिना भैसक्यो, न त उनी अहिलेसम्म कारागार फर्किएका छन्, न उनलाई प्रहरीले पक्राउ गर्न नै सकेको छ। प्रहरीले उनी कहाँ छन् भनेर सुंइको सम्म पाउन सकिरहेको छैन। अहिले प्रहरी तीन छक परि रहेका छन् ।
अर्को तीन छाक पर्ने अर्को कुरा छ, उनीमाथि अवैध बाटोबाट दुई सय युवालाई अमेरिका पुर्याएको अभियोग छ । उनी मानव बेचबिखन मुद्दामा पुर्पक्षका लागि सुन्धारा कारागारमा थुनामा थिए । तर, भदौ २४ गते उनीपनि अन्य कैदीसँगै कारागारक्बात भागेका थिए।
ह्विलचियरविना हिड्नै नसक्ने गौतम कारागारबाट फरार हुँदा प्रहरीहरू अचम्मित बनेका छन् । त्यसमाथि तीन महिना बित्दासमेत उनको सुईंकोसम्म प्रहरीले पाउन सकेको छैन ।