पोखरा, ७ पुष २०८२।
जेन जी अगुवा सुदन गुरुङ गृहमन्त्री ओमप्रकाश अर्यालसँग दिक्क देखिएका छन्। जेन जी युवाहरुलाई जुनसुकै बहानामा पक्राउ नगर्न पट – पटक आग्रह गर्दा पनि उनलाई बेवास्ता गरिए पछि जेन जी अगुवा सुदन गुरुङ गृहमन्त्री ओमप्रकाश अर्यालसँग दिक्क भएका हुन्।
गृहमन्त्री अर्यालका कारण पीडितले न्याय नपाएको निष्कर्षमा पुगेका अगुवा गुरुङले आफुसमक्ष गुनासो गर्ने पिडितहरुलाई गृहमन्त्री अर्याल र गृह सचिव रामेश्वर दंगाललाई सोझै फोन गरेर भन्न आग्रह गरेका छन्। उनले गृहमन्त्रीका स्वकीय सचिव धिरज जोशी र गृह सचिव रामेश्वर दंगालको नम्बरसमेत सार्वजनिक गदै सोझै सम्पर्क गरेर दबाब दिन आग्रह गर्न थालेका छन्ग।
