पोखरा, ६ पुष २०८२।
लमजुङमा आगोले जलेर घाइते भएकी बृद्धाको मृत्यु भएको छ।
आगोले जलेर घाइते भएकी जिल्लाकी सुन्दरबजार –८ बलिथुमकी ७८ वर्षीया पुतली दर्जीको उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार ,गत मंसिर २८ गते साँझ करिब ६ बजे खाना पकाउने क्रममा अचानक उनले लगाएको लुगामा आगो सल्किँदा गम्भीर घाइते भएकी थिइन्। आगलागीबाट घुँडादेखि कम्मरसम्मको भाग तथा दुवै हातमा गम्भीर पोलेर उनी घाइते भएकी थिइन्।
घाइते भएपछि उनलाई स्थानीय मेडिकलमा सामान्य उपचार गरी घर लगिएको थियो। तर, स्वास्थ्य अवस्था बिग्रँदै गएपछि पुनः उपचारका लागि पुस ५ गते बेलुकी प्रदेश अस्पताल लमजुङमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको आज बिहान मृत्यु भएको हो।