पोखरा, ६ पुस २०८२।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई अदालतले सशर्त जेलमुक्त भए लगत्तै उनी राजनीतिमा सक्रिय भएका छन्। उनी जेलमा रहदाका अन्तिम दिनहरुमा उनलाई राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन, नेता ज्ञानेन्द्र शाही लगायतका नेताहरुले उनी रहेको नख्खु जेलमा गएर भेटघाट गरेका थिए। त्यहि बिचमा पूर्व राजा ज्ञानेन्द्र शाह स्थलमार्ग हुँदै भारत पुगेका छन्।
नेपालमा राजतन्त्र पुनर्स्थापना हुनुपर्ने मूल राखेको दुर्गा प्रसाईको नागरिक बचाउ महाअभियानले आगामी हप्तादेखि भिषण आन्दोलन गर्ने घोषणा गरिसकेको छ भने गएको जेठ २३ र २४ गते भएको जेन जी आन्दोलनका अगुवा अभियन्ताहरुले वर्तमान सरकारको कामकारबाहीप्रति असन्तुष्टि प्रकट गर्दै आबश्यक परे वर्तमान सुशिला कार्की नेतृत्वको सरकारलाई सत्ताच्युत गर्ने उद्देश्य राखेर मिराज ढुंगानाको संयोजकत्वमा संयुक्त जेन जी आन्दोलन समिति गठन गरेका छन्।
पार्टीभित्रै ब्यापक बिरोध हुँदा हुँदै नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले तेश्रो पटक पार्टीको नेतृत्व हासिल गरेका छन। आफूलाई सत्ताच्युत गराउने गरी भएको जेन जी आन्दोलनलाई अराजक र बिदेशी शक्तिको खेल भनेका छन् भने त्यही जेन जी आन्दोलनको आडमा बनेको वर्तमान सुशिला कार्की नेतृत्वको सरकारलाई अबैधानिक भन्दै संसद पुनर्स्थापनाको माग गरिरहेका छन्। उनले आफ्नो पार्टीका नेता- कार्यकर्ता बिरुद्ध लाग्नेको प्रतिबाद गर्न पार्टीभित्र एउटा युवा दस्ता घोषणा गरेका छन्।
यता मधेशवादी नेता प्रभु शाह मधेशीहरुलाई अन्याय भएको भन्दै मधेश आन्दोलन गर्ने तयारीमा छन्। त्यति मात्र हैन, अन्य मधेशवादी दलहरु पनि मधेशी आन्दोलनका पक्षमा देखिएका छन्।
यस्तो तरल राजनीतिक तरलताका बीच जेन जी आन्दोलनको जगमा बनेको वर्तमान सुशिला कार्की नेतृत्वको सरकार एकोहोरो आउने फागुन २१ गते चुनाब जसै गरी गरि छाड्ने बताई रहेको छ। तर अधिकांश राजनीतिक दलहरु यस्तै तरल अवस्थामा चुनाब हुने नसक्ने जिकिर गरिरहेका छन्। उनीहरु जेन जी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदी बन्दी, आन्दोलनकारीहरुले लुटिलगेका प्रहरीका पोशाक र हतियारहरु पुरै सरकारको नियन्त्रणमा नआएसम्म नेपालमा चुनाब हुनै नसक्ने उनीहरुको दाबी छ।
आगामी फागुन २१ गते देशमा चुनाब नभएमा देशको भबिश्य र सार्वभौमिकता नै संकट पर्ने हो कि भनेर सर्वत्र चिन्ता प्रकट भैरहेको छ। यस्तै अन्यौलताका बीच नेपालमा बैदेशिक हस्तक्षेप ब्यापक भएको भन्दै बिरोध पनि भै रहेको छ।
नेपालमा राजतन्त्र पुनर्स्थापना गर्ने कि संसद पुनर्स्थापना गरेर गणतन्त्रलाई संस्थागत गर्ने भनेर जनताहरु नेताहरुको स्वरमा अन्यौलमा परेका छन्। धार्मिक निरपेक्षता र संगीयाताका बारेमा जनमत संग्रह हुनुपर्ने आवाज पनि चर्को रुपमा उठ्न थालेको छ।
नेपाली जनतामाझ विभिन्न चिन्ताहरू प्रकट भैरहेका बेला नेपाली सत्तामा भारत र अमेरिकाको छायाँ देखिएको भनेर राजनीतिक वृत्तमा आपत्ति प्रकट भैरहेका छन्।
भारत पनि नेपाली हिन्दु अधिराज्य बनाउनु पर्ने पक्षमा रहेको राजनीतिक विश्लेषकहरुले विश्लेषण गरिरहेका छन्। पूर्व राजा ज्ञानेन्द्र शाह भारतमै रहेको र नेपालमा दुर्गा प्रसाईको नेतृत्वमा राजतन्त्र पुनर्स्थापनाको माग राखेर जनआन्दोलन घोषणा गरिएको अवस्थामा बेला – बेलामा ‘भारतीय दलाल’को आरोप खेपिरहेका डा. बाबुराम भट्टराइ आज भारत जाँदैछन्। उनी किन भारत जाँदैछन् भनेर धेरैले उत्सुकतापूर्वक हेरिरहेका छन्।
उनको सचिवालयले आज (आइतबार) बिहान जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा भट्टराईले भारतका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग नेपाल-भारत सम्बन्ध, क्षेत्रीय सहकार्य तथा लोकतान्त्रिक अभ्यासका समसामयिक विषयमा महत्त्वपूर्ण विचार-विमर्श गर्नेछन्।
यस्तै उनले भारतको प्रतिष्ठित संस्था आईआईटी बम्बईमा आयोजना हुने टेकफेस्टमा ‘साउथ एसियाज् डेमोक्र्याटिक फ्युचर : युथ, टेक्नोलोजी एन्ड इन्क्लुसिभ डेमोक्रेसी’ विषयमा ‘किनोट स्पिच’ दिनेछन् भने नयाँ दिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) मा साउथ एसियन फोरम फर पिपुल्स इनिसिएटिभ (एसएएफपीआई) ले आयोजना गर्ने विशेष कार्यक्रममा प्रमुख वक्ता बन्ने विज्ञप्तिमा उल्लेख छ।
भारत भ्रमण सकेर पूर्वप्रधानमन्त्री पुस ९ गते स्वदेश फर्किने उनका स्वकीय सचिव रेखी गुरुङले जानकारी दिएकी छन्।
आफ्नो भ्रमणले नेपाल-भारतबीचको आपसी समझदारी, मित्रता र लोकतान्त्रिक संवादलाई थप सुदृढ बनाउने विश्वास भट्टराईले लिएका छन्।