मिराज ढुङ्गानाको संयोजकत्वमा बन्यो संयुक्त जेन जी आन्दोलन समिति : आवश्यक परे सरकारविरुद्ध कडा कदम चाल्ने चेतावनी

मिराज ढुङ्गानाको संयोजकत्वमा बन्यो संयुक्त जेन जी आन्दोलन समिति : आवश्यक परे सरकारविरुद्ध कडा कदम चाल्ने चेतावनी


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ५ पुष २०८२
  • 3.4K
    Shares

पोखरा ५ पुष २०८२।

मिराज ढुङ्गानाको संयोजकत्वमा संयुक्त जेन जी आन्दोलन समिति निर्माण गरिएको छ।

जेनजी आन्दोलनलाई थप संगठित र प्रभावकारी बनाउने उद्देश्यसहित आज ३० भन्दा बढी जेन जी समूहहरूको संयुक्त भेलाले ढुंगानाको संयोजकत्वमा संयुक्त जेन जी आन्दोलन समिति निर्माण गरेको हो।

ललितपुरको झम्सिखेलमा सम्पन्न उक्त बैठकमा १०० भन्दा बढी जेन जी अभियन्ता, आन्दोलनका क्रममा घाइते भएका व्यक्ति तथा सहिद परिवारका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

भेलाले कार्यकारी समिति विस्तार गर्ने जिम्मेवारी मिराज ढुङ्गाना, अजय सोडारी र सुनिल सिंहलाई दिएको छ भने सल्लाहकार संयोजकको जिम्मेवारी हरिश भट्टलाई प्रदान गरिएको छ।

बैठकमा सहभागीहरूले वर्तमान सरकारले आन्दोलनको मर्म र भावना अनुसार काम गर्न नसकेको आरोप लगाउँदै जेन जी आन्दोलनलाई कमजोर पार्न षड्यन्त्र भइरहेको निष्कर्ष निकालेको छ । उनीहरूले आवश्यक परे सरकारविरुद्ध कडा कदम चाल्ने चेतावनीसमेत दिएका छन्।

सर्वपक्षीय सहमति, सर्वपक्षीय सरकार गठन तथा संविधान पुनर्लेखन तथा संशोधनको मागसहित संयुक्त जेनजी आन्दोलन समितिले भोलि दिउँसो १ बजे काठमाडौंको डिल्लीबजारस्थित भोजन गृहमा वृहत् पत्रकार सम्मेलन आयोजना गर्ने जनाएको छ।

आगामी चरणका आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्दै सडकमा रहेका सबै जेन जी अभियन्ता, घाइते तथा सहिद परिवारलाई समेटेर आन्दोलनलाई अझ व्यापक बनाइने समितिको भनाइ छ।

प्रतिक्रिया