कञ्चनपुर कारागारमा कैदी बन्दीबीच झडप

कञ्चनपुर कारागारमा कैदी बन्दीबीच झडप


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ पुष २०८२
  • 4.4K
    Shares

जिल्ला कारागार कञ्चनपुर

पोखरा ४ पुष २०८२।

जिल्ला कारागार कार्यालय कञ्चनपुरमा कैदी बन्दीबीच झडप भएको छ ।

कारागारमा रहेका कैदीबन्दीबीच विवाद भएपछि अहिले तनाव सिर्जना भएको हो ।

तनाव उत्पन्न भएको भन्ने खबर आएपछि थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडकबहादुर खत्रीले बताए ।

उनका अनुसार दुई समूहबीच विवाद भएपछि तनाव उत्पन्न भएको हो । के कारणले विवाद भयो भन्ने यकिन हुन बाँकी नै रहेको उनले बताए ।

प्रतिक्रिया