त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै अल्झिए रवि लामिछाने

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै अल्झिए रवि लामिछाने


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ४ पुष २०८२
  • 4.2K
    Shares

पोखरा ४ पुष २०८२।

रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।

नख्खु कारागार प्रशासनले रविलाई हवाई जहाजमार्फत भैरहवा पठाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याएको हो।

लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान लागेका हुन् । जिल्ला अदालत रुपन्देहीमा पुगेर उनले छुटपुर्जी कागजात लिनुपर्नेछ ।

बिहान ७:५५ को टिकट भए पनि भैरहवा एयरपोर्ट आसपास हुस्सु लागेका कारण उडानमा ढिलाई भएको रुपन्देहीका रास्वपा नेता मधु अर्यालले बताए ।

‘एयरपोर्ट खुलेको छैन, सभापति काठमाडौं एयरपोर्ट आएर बसेको धेरै समय भयो, हामी भैरहवा एयरपोर्टबाट सिधै अदालत जाने हो’, उनले भने ।

भैरहवा विमानस्थलका अनुसार भिजिबिलिटी कम भएका कारण विमान उडान भएका छैनन् । सूचना अधिकारी विनोदसिंह राउतका अनुसार भिजिबिलिटी खुल्न करिब २ घण्टा लाग्नेछ ।

रास्वपाका कार्यकर्ता विमानस्थल वरिपरी पुगिसकेका छन् ।

उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेबाट पेश भएको दुई करोड ७४ लाख ८४ हजार रूपैयाँ बराबरको बैंक ग्यारेन्टीलाई स्वीकार गर्दै थुनामुक्त गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया