पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती स्थलमार्ग हुँदै सुटुक्क भारत प्रस्थान

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती स्थलमार्ग हुँदै सुटुक्क भारत प्रस्थान


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २ पुष २०८२
  • 3.8K
    Shares

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती

पोखरा २ पुष २०८२।

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती सुटुक्क भारत प्रस्थान गरेका छन् ।

उनीहरू बुधबार अपराह्न स्थलमार्ग हुँदै पूर्वी नाका काँकडभिट्टाबाट पश्चिम बंगालको सिलिगुडी तर्फ गएका हुन् । धुलाबारीस्थित होटल मेची क्राउनमा ‘लन्च’ गरेपछि पूर्वराजा दम्पती भारततर्फ लागेको सुरक्षा निकायले पुष्टि गरेको छ । यद्यपि, भ्रमणको उद्देश्य र अवधिबारे सुरक्षा निकाय समेत जानकार छैन ।

जिल्ला प्रहरी कार्यालय झापाले पनि पूर्वराजा भारत गएको जानकारी पाए पनि किन, कति दिनका लागि र को–को भ्रमणमा गएको भन्ने विवरण जानकारी नभएको बताएको छ । सुरक्षा निकायले उनको भ्रमणलाई गोप्य राखेको हो ।

पूर्वराजा ज्ञानेन्द्र श्रीमती कोमलसहित एक साताको भारत भ्रमणमा निस्किएको र बुधबार नै सिलिगुडीमा बस्ने कार्यक्रम रहेको निकट स्रोतले जनाएको छ । जेनजी आन्दोलनपछिको राजनीतिक अवस्था, गणतन्त्रविरुद्ध बढ्दै गएको असन्तोष र राजसंस्थाप्रति केही समूहको सक्रियताका बीच उनको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया