पोखरा, २ पुष २०६२।
नेपाल ट्रस्टको जग्गा प्रकरणमा पूर्व सचिव र सहसचिवसहित चार जनाविरुद्ध ठगी मुद्दा दर्ता भएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानमा जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौँले बुधबार मुद्दा दायर गरेको हो। जसअनुसार पूर्वसहसचिव लेखबहादुर कार्की, पूर्वसचिव अर्जुनकुमार कार्की, थामसेर्कु ट्रेकिङ र ल्हाक्पा सोनाम सेपाविरुद्ध मुद्दा दायर भएको छ।
जिल्ला अदालत, काठमाडौँमा दर्ता गरिएको मुद्दामा तीन जनालाई पाँच वर्ष कैद सजाय माग गरिएको छ। उनीहरूले नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९९४ रुपैयाँ ३१ पैसा दिने प्रस्ताव स्वीकार गर्न सिफारिस गरेको भए पनि एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरेको खुलेको छ। यसरी गरेको सम्झौता नियम संगत नदेखिएको र ठगी गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानको निस्कर्ष छ।
जिल्ला अदालत, काठमाडौँमा दर्ता गरिएको मुद्दामा तीन जनालाई पाँच वर्ष कैद सजाय माग गरिएको छ।
पूर्वसहसचिव लेखबहादुर कार्की, पूर्वसचिव अर्जुनकुमार कार्की, थामसेर्कु ट्रेकिङ र ल्हाक्पा सोनाम शेर्पाविरुद्ध मुद्दा दायर भएको हो।
उनीहरूले नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९९४ रुपैयाँ ३१ पैसा दिने प्रस्ताव स्वीकार गर्न सिफारिस गरेको भए पनि एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरेको खुलेको छ। यसरी गरेको सम्झौता नियम संगत नदेखिएको र ठगी गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानको निस्कर्ष छ।
२०७४ जेठ १४ गते भाडा बापत १ अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रुपैयाँ र निर्माण खर्च १९ करोड २९ लाख ६५ हजार ९२७ रुपैयाँ ६० पैसा गरी एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरेको पाइएको छ।
नेपाल ट्रस्टको नाममा दर्ता कायम रहेको काठमाडौँ महानगरपालिका-१ दरबारमार्गस्थित कित्ता नं. ४६०६ को १-१४-०-३.५६ क्षेत्रफलको जग्गा लिजमा लिँदा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिको बीचमा निर्माण अवधि ३ वर्षसमेत गरी ३० वर्षका लागि सम्झौता भएको थियो।
सूचनामा उल्लेख नै नभएको कित्ता नं. ४६०५ को ०-३-३-०.९४ को जग्गा समेत उल्लेख गरी क्षेत्रफल समेत थपघट गरी सम्झौता गरेको पाइएको हो।
नेपाल ट्रस्टको कार्यालयमा कार्यरत तत्कालीन सचिव र सहसचिव कार्कीद्वयले आफ्नो पद र ओहदाको गैरकानूनी लाभ लिई ठगी, आपराधिक विश्वासघात गरेको आरोप छ।