गण्डकी प्रदेशबाट एमालेको निर्वाचनमा क – कसले उम्मेदवारी दिए ?

गण्डकी प्रदेशबाट एमालेको निर्वाचनमा क – कसले उम्मेदवारी दिए ?


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १ पुष २०८२
  • 1.1K
    Shares

पोखरा, १ पुष २०८२।

गण्डकी प्रदेशमा दुई वटा समूह चलाईरहेका पूर्व मुख्यमंत्रीद्वय पृथ्वी सुब्ब्स्सा गुरुङ र खगराज अधिकारी यस पटक पार्टी अध्यक्ष केपी शर्मा ओलीको समूहमा उभिएर चुनाब लड्दैछन। महासचिव पदको दाबेदार ठानिएका गुरुङले पार्टी उपध्यक्ष पदमा उम्मेदवारी दिईरहदा अर्का पूर्व मुख्यमन्त्री पार्टी सचिवको उम्मेदवार बनेका छन्। उनीसंगै स्याङ्जाकी पदमा अर्याल पनि पार्टीको सचिब पदमा उम्मेदवारी दिइ रहेकी छिन।

जारी नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली प्यानलबाट दर्ता उम्मेदवारको सूचीमा गण्डकी प्रदेशबाट ४१ जना नेताहरूले प्रवेश पाएका छन्।

केन्द्रीय सदस्यतर्फ सबैभन्दा धेरै खुला र समावेशी क्लस्टरमा गण्डकीका नेताहरू परेका छन्। भूगोल (गण्डकी प्रदेश) को ९ सिटका लागि खुलातर्फ तनहुँका केदार सिग्देल, बागलुङका हरि श्रेष्ठ, नवलपुरका तिलक महत, गोरखाका रामशरण बस्नेत र कास्कीका कृष्ण थापा उम्मेदवार छन्। भूगोलकै युवा कोटामा कास्कीका नवराज ओझा तथा महिला कोटामा स्याङ्जाकी सीमा क्षेत्री, बागलुङकी मन्जु शर्मा चालिसे र कल्पना चापागाईंको नाम टुंगो लागेको छ। केन्द्रीय अनुशासन आयोगको सचिवमा कास्कीका डा. भरतराज पहारीलाई उम्मेदवार बनाइएको छ । ओझासँग ईश्वर प्यानलका प्रकाश पौडेलको प्रतिस्पर्धा हुनेछ ।

भूगोलभन्दा बाहिरको ‘खुला केन्द्रीय सदस्य’ (पुरुष) तर्फ गण्डकीबाट ११ जना नेताहरू अटाएका छन्। जसमा तनहुँका किरण गुरुङ र किसान श्रेष्ठ, बागलुङका डा. सूर्य पाठक र कृष्णबहादुर केसी, पर्वतका पदम गिरी, कास्कीबाट जगतबहादुर सुनार, राजीव पहारी र रश्मि आचार्य, स्याङ्जाका नारायण मरासिनी तथा लमजुङबाट कृष्ण अधिकारी र भीष्म अधिकारी छन्। यसैगरी खुला महिला केन्द्रीय सदस्यतर्फ स्याङ्जाकी सीताकुमारी सुन्दास, बागलुङकी मनकुमारी जिसी, लमजुङकी टुकाभद्र हमाल र यशोदा रिमाल, तनहुँकी भगवती न्यौपाने तथा कास्कीबाट प्रभा कोइराला, क्रान्ति बुर्लाकोटी र देवका पहारी गरी ८ जना नेत्रीहरू छन्।

समावेशी क्लस्टरतर्फ आदिवासी जनजाति र दलित कोटामा पनि गण्डकीको बलियो उपस्थिति छ। आदिवासी जनजाति (खुला) तर्फ बागलुङका लिलबहादुर थापा र मुस्ताङका चन्द्रमोहन गौचन तथा युवामा मुस्ताङकै सम्राट गौचन परेका छन्। जनजाति महिलातर्फ म्याग्दीकी थममाया थापा र नरदेवी पुन, बागलुङकी सावित्रा राना र कास्कीकी मञ्जुदेवी गुरुङ गरी ४ जना समेटिएका छन्। दलित (खुला) तर्फ बागलुङका गोविन्द नेपाली र पर्वतका मनोहर पौडेल विक भएका छन्।

प्रतिक्रिया