आजदेखि डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

आजदेखि डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १ पुष २०८२
  • 1.2K
    Shares

पोखरा, १ पुष २०८२।

नेपाल आयल निगमले आजदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले आजदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको हो । पेट्रोलमा भने प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ ।

मूल्य समायोजनसँगै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपैयाँ र तेस्रो वर्गका लागि १४२ रुपैयाँ कायम भएको छ । त्यसैगरी पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १६२ रुपैयाँ र तेस्रो वर्गका लागि १६३ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया