दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले बनायो समिति

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले बनायो समिति


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २९ मंसिर २०८२
  • 2.3K
    Shares

पोखरा, २९ मङ्सिर २०८२।

दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसँग वार्ता गर्न सरकारले तीन सदस्यीय समिति बनाएको छ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले महाअभियानसँग वार्ता गर्न आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको जानकारी दिएको हो ।

गएको मङ्सिर २२ गते भएको वार्ताका क्रममा महाअभियानले उठाएका तत्कालै सम्बोधन गर्न सकिने विषय तथा मागहरूका सम्बन्धमा वार्ता गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको संयोजकत्वमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना रहने गरी आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

साथै सरकारले आउने पुष २ गते हुने भनिएको वार्तामा महा अभियानका तर्फबाट सहभागी हुने तीन जना प्रतिनिधि सिफारिश गर्न पनि सरकारले महा अभियानसंग अनुरोध गरेको छ

प्रतिक्रिया