को को बन्दैछन आज मन्त्री ?

को को बन्दैछन आज मन्त्री ?


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २६ मंसिर २०८२
  • 4.2K
    Shares

पोखरा, २६ मङ्सिर २०८२।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा आज (शुक्रबार) चार मन्त्री थपिँदै छन्।

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार आज वन तथा वातावरण मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नियुक्ति गर्न लागिएको हो।

जसअनुसार कुमार इङनामलाई भूमि, माधव चौलागाईँलाई वन, राजेन्द्रसिंह भण्डारीलाई श्रम र श्रद्धा श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिइनेछ।

उनीहरूलाई आजै दिउँसो ३ बजे शपथ खुवाउने तयारी गरिएको छ।

यसअघि भूमि मन्त्रालयको पनि जिम्मेवारी जिम्मेवारी सम्हालिरहेका अनिलकुमार सिन्हालाई भने सट्टामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइने स्रोतले नेपालखबरलाई जानकारी दियो।

बाँकी दुई- उद्योग वाणिज्य तथा आपूर्ति र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी भने उनको यथावत् रहनेछ।

को हुन प्रा. डा. कुमार इङनाम ?

वरिष्ट अधिवक्ता एवं प्रा. डा. कुमार इङनाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बन्न लागेका छन् । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकाल ८३ दिन बाँकी रहँदा शुक्रबार (मंसिर २६) इङनामसहित चारजनालाई मन्त्रीमा नियुक्ति सिफारिस गरेकी हुन् ।

वरिष्ट अधिवक्ता एवं प्रा. डा. कुमार इङनाम
वरिष्ट अधिवक्ता एवं प्रा. डा. कुमार इङनाम

प्रा. डा. इङनाम गएको साउनमा काठमाडौं स्कुल अफ ल (केएसएल)बाट सेवानिवृत्त भएका थिए । उमेरका आधारमा प्रिन्सिपलबाट रिटायर्ड उनले प्राध्यापन कर्म भने छाडेका थिएनन् । तेह्रथुमको इवामा जन्मिएका इङनाम झापा हुँदै काठमडौंमा छन् । उनले प्राध्यापन र वकालत दुवै अघि बढाएका छन् ।

पूर्वएआईजी राजेन्द्रसिंह श्रममन्त्री

पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने भएका छन् । उनी राष्ट्रिय पञ्चायत सदस्य लक्ष्मणसिंह भण्डारीका छोरा हुन् ।

बैतडी जिल्लाको पाटन नगरपालिकाका बासिन्दा भण्डारी नेपाल प्रहरीको एआईजी पदबाट अवकाश पाएका थिए ।

पर्यटन बोर्डको वरिष्ठ प्रबन्धकबाट श्रद्धा श्रेष्ठ सिधै मन्त्री !

अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा श्रद्धा श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बन्दै छिन् ।

नेपाल पर्यटन बोर्डको वरिष्ठ प्रबन्धक भएर काम गरिरहेकी श्रेष्ठलाई विभागीय मन्त्री नियुक्तिका निम्ति शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिएको हो । श्रेष्ठ पर्यटन बोर्डमा ‘सस्टेनेबल टुरिजम’ परियोजना प्रमुखका रूपमा कार्यरत थिइन् ।

माधव चौलागाईं

माधव चौलागाईं जनस्वास्थ्य विज्ञ हुन्। उनले कर्णाली क्षेत्रका विषयमा गहन अनुसन्धान गरेका छन्।

उनले ‘सपादलक्ष कर्णाली’ पुस्तक लेखेका छन्। साथै उनले ‘मान्ठ हुँ म मान्ठ’ गीत पनि लेखेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार