जेन जी आन्दोलनमा कारागारबाट भागेर पोखरामा श्रृङ्खलाबद्ध चोरी : समातिए दुई युवा

जेन जी आन्दोलनमा कारागारबाट भागेर पोखरामा श्रृङ्खलाबद्ध चोरी : समातिए दुई युवा


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २५ मंसिर २०८२
  • 2.9K
    Shares

पोखरा, २५ मङ्सिर २०८२।

जेन जी आन्दोलनका क्रममा कास्की जिल्ला कारागारबाट भागेका एक बन्दी पोखरामा भएका श्रृङ्खलाबद्ध चोरीका घटनामा संलग्न रहेको पाइएको छ।

गएको भदौ २४ गते भएको जेन जी आन्दोलनका क्रममा कास्की जिल्ला कारागारबाट भागेका प्यूठान घर भै हाल पोखरा महानगरपालिका वडा नं. ३ नदिपुर बस्ने वर्ष २४ को सुमित थापा मगर पोखरामा भएका श्रृङ्खलाबद्ध चोरीका घटनामा संलग्न रहेको पाइएको हो ।

अभियुक्त थापॉ मगरले धादिङ स्थायी घर भै पोखराको नदिपुरमा नै बस्ने वर्ष २७ को सुजन परियारसंग मिलेर पोखरामा भएका श्रृङ्खलाबद्ध चोरीका घटना गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

अभियुक्तद्वय सुमित थापा मगर र सुजन परियारलाई वडा प्रहरी कार्यालय बैदाम पोखराबाट खटिएको प्रहरी टोलिले पोखरा ९ रामघाटबाट पक्राउ गरेको प्रहरीले बताएको छ।

उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनीहरुले मिलेर पोखराका विभिन्न चार स्थानमा चोरी गरेको प्रहरीले दाबी गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार , अभियुक्त सुमित थापा मगरले गएको असोज २७ गते अं.११:०० बजेको समयमा पोखरा १३ विपिमार्गमा रहेको पोखरा लक्ष्मी ट्रेडर्स भित्र काउण्टर टेबुलको घर्रा फोरी नगद ४१ हजार रुपियाब राष्ट्रिय परिचय पत्र, सवारी चालक अनुमति पत्र, बिलबुक, नागरिकता समेतको कागजपत्र सहितको व्याग चोरी गरेका थिए भने उनले नै गएको मंसीर ६ गते दिउसो एक बजेको समयमा पोखरा १७ ड्यामसाईडस्थित आरुस स्टोर्स प्रा.लि.को ढोका फोडेर नगद रकमदुई लाख ७३ हजार पांच सय चोरी गरेका थिए।

अभियुक्त सुमित थापा मगर र सुजन परियार संगै मिलेर पोखरा ४ आदर्शमार्गबाट गएको मंसीर ४ गते ग १५ प १०२० नं. को होण्डा कम्पनीको पहेलो कालो रङको डियो स्कुटर र पोखरा ८ न्युरोडस्थित एसबी वाईनसप अगाडी पार्किङ गरी राखिएको ग १ क २५९८ नं. को गाडीमा राखिएको लाईसेन्स, बिलबुक, ATM कार्ड, विभिन्न चेक र नगद रकम ३५ हजार रुपियाँ सहितको झोला चोरी गरेको प्रहरीले दाबी गरेको छ।

हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सुमित थापा मगर यसभन्दा अघि पनि अभद्र व्यवहार, चोरी उद्योग, चोरी र केही सार्वजनिक अपराध समेत गरी आठ पटकसम्म पक्राउ परी कारागार चलान भएका थिए। मा रहेको मिति २०८२।०५।२४ गतेको जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भई पुन चोरी गरेको ।

 सुजन परियार भने यस भन्दा अगाडी अभद्र व्यवहार मुद्दामा पक्राउ परेको बताइएको छ ।

प्रतिक्रिया