पोखरा, २५ मङ्सिर २०८२।
भदौ २३ र २४ गते जेनजी आन्दोलनमा भएका घटना जाँचबुझ आयोगले आज पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्वगृहसचिव गोकर्णमणी दुवाडीसँग बयान लिने भएको छ।
दुवाडी जेनजी आन्दोलनकाने समयमा गृह सचिव र खापुङ नेपाल प्रहरीको महानिरीक्षक थिए।
आन्दोलनमा २३ गते प्रहरीले अ’त्याधिक ब’ल प्रयोग गरेको भन्दै आ’लोचना भइरहेको छ।
जेनजी आन्दोलनको समयमा गृहसचिव रहेका दुवाडीलाई जेनजी आन्दोलनमा द’मन गर्न दुवाडीको पनि भूमिका रहेको भन्दै उनलाई पनि आयोगले सुरुमै कडाइ गरेको छ ।
दुवाडीलाई पनि जाँचबुझ आयोगले विदेश जान प्रतिबन्ध लगाएको छ। काठमाडौँबाहिर जान पनि प्रतिबन्ध लगाएको थियो।