पोखरा, २४ मङ्सिर २०८२।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख डिएसपी मधु नेपाल पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो ।
उनीविरुद्ध श्रीमतीले दिएको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । डिएसपी नेपालमाथि ३ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताए । बहुविवाहबारे थप प्रमाण बुझ्ने काम भइरहेको उनले बताए ।
नेपालकी दोस्रो श्रीमतीको खोजी भइरहेको एसपी क्षेत्रीले जानकारी दिए । प्रहरी निरीक्षक हुँदा डीएसपी नेपाल बुटवलको वडा प्रहरी कार्यलयमा इन्चार्ज थिए । उनी गाँजाको कारोबार सम्बन्धी आर्थिक कारोबारमा संलग्न रहेको पाइएपछि विभागीय कारबाहीमा परेका थिए ।