भारतीय गृहमन्त्रीका पूर्व ‘पिए’ सन्दीप राना प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदबार बन्न कांग्रेसबाट सर्वसम्मत सिफारिश

भारतीय गृहमन्त्रीका पूर्व ‘पिए’ सन्दीप राना प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदबार बन्न कांग्रेसबाट सर्वसम्मत सिफारिश


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २४ मंसिर २०८२
  • 3.4K
    Shares

पोखरा, २४ मङ्सिर २०८२।

भारतीय गृहमन्त्री अमित साहका पूर्वस्वकीय सचिव सन्दीप राना आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनमा पाल्पा निर्वाचन क्षेत्र नं. १ को उम्मेदवारका लागि सर्वसम्मत रुपमा सिफारिश भएका छन्।

नेपाली कांग्रेस पाल्पा जिल्ला सभापति हिमालदत्त श्रेष्ठ पालिका सभापति, महाधिवेशन प्रतिनिधि तथा विभिन्न तहका नेताहरू सहभागी बैठकले रामपुर–७ का सन्दीप रानाको नाम सर्वसम्मत रूपमा प्रस्ताव गर्ने निर्णय गरेको हो।

गत निर्वाचनमा समानुपातिकको बन्दसूचीमा रहेका रानालाई यसपाली प्रत्यक्षमा एकल सिफारिस गरेपछि पाल्पाकै कांग्रेस नेताहरूले विरोध जनाएका छन्। एक स्थानीय नेता भन्छन्, “भारतसँग निकटता देखाउन मात्र पनि नेताहरू प्रभावित हुन्छन्। ‘अमित शाहको स्वकीय सचिव’ भनी परिचय दिएपछि धेरैले सहजै समर्पण गर्छन्।”

भारतीय जनता पार्टीसँग निकट मानिने राना उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग सरल पहुँच राख्छन्। भाजपाका नेताहरू नेपाल आएका बेला खटनपटनको जिम्मेवारी रानाले नै लिने गरेका छन्।

लामो समय भारतमा बिताएका उनी विगत ६ वर्षयता भने नेपालमा बस्दै आएका छन्।

सन्दीप राना हाल लुम्बिनी प्रदेशसभा सदस्य, महासमिति सदस्य तथा अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्षसमेत हुन्।

प्रतिक्रिया