दुर्गा प्रसाईले प्रधानमन्त्री कार्कीसमक्ष व्यवस्थाबारे जनमत संग्रहको माग राखे : नभए चुनाब नै हुन नदिने

दुर्गा प्रसाईले प्रधानमन्त्री कार्कीसमक्ष व्यवस्थाबारे जनमत संग्रहको माग राखे : नभए चुनाब नै हुन नदिने


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ मंसिर २०८२
  • 2.9K
    Shares

पोखरा, २२ मङ्सिर २०८२।

नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले आफ्ना माग पूरा नभएमा चुनाव नहुने जिकिर गरेका छन्।

सोमबार प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रसाईंले आफ्ना माग पूरा नभए जनविद्रोह हुने चेतावनी दिए। प्रधानमन्त्री कार्कीलाई आफ्ना माग सुनाएको बताउँदै प्रसाईंले भने, ‘सबै विषयमा जनमत संग्रहमा जाऔँ भनेको छु। उहाँले सही डिसिजन दिनुभएन भने चुनाव हुँदैन।’

सरकारले तोकेको प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन २१ मा नहुने उनको भनाइ थियो। ‘चंगाको धागो चहाँ चुँडिएको हो त्यहीँ गाँस्नुपर्छ। चुनाव हुँदैन, आशै नगर्नु,’ उनले भने।

प्रधानमन्त्रीसँग आफ्ना मागहरू स्पष्ट रुपमा राखेको बताउँदै उनले आफ्ना माग नागरिकको जनजीविकासँग सम्बन्धित रहेको जिकिर गरे। ‘आज हाम्रा माग प्रधानमन्त्री र गृहमन्त्रीले राम्रोसँग सुन्नुभयो। तपाईंका माग भनेका जनजीविकोपार्जन माग हुन्। यि मागहरू कम्युनिस्टले बोकेर हिँड्ने माग हुन्। तर कम्युनिस्टहरूले यही भ¥याङ बनाएर अर्बौं रुपैयाँ कमाए। त्यो ठाउँमा म भए अहिले मुख्यसचिव बोलाएर भन्थेँ भनेँ,’ प्रसाईंले सुनाए।

प्रधानमन्त्री कार्कीले आफ्ना मागबारे अध्ययन गरेर पुस २ गते निर्णय दिने बचन दिएको उनको भनाइ थियो। ‘सबै कुरा अध्ययन गरेर, म छलफल गर्दछु र पुसको २ गते निर्णय दिन्छु। तपाईंहरुले भनेको जस्तै निर्णय दिन्छु भन्नुभएको छ,’ प्रसाईंले भने।

२०६२-६३ सालको जनआन्दोलनको म्याण्डेट भनेको संघीयता, धर्मनिरपेक्षता ल्याउने नरहेको भन्दै यसबारे जनमतसंग्रह गर्न प्रसाईंले माग गरेका छन्।

प्रतिक्रिया