पोखरा, २२ मङ्सिर २०८२।
नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेकाे रिटमा पेसी तोकिएको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पाौडेलको इजलासमा पेसी तोकिएको छ । दोस्रो सुनुवाइका लागि सोमबार पेशी तोकिएको हो ।
ऊर्जामन्त्रीका रुपमा कुलमान घिसिङले शपथ लिएपछि बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाउँदै जल तथा ऊर्जा आयोगको सचिवालयमा विशेष पद सिर्जना गर्दै सरुवा गरेको थियो ।
शाक्यले आफ्नो पद प्राधिकरणमै कायम हुनुपर्ने माग गर्दै कात्तिक २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले २०७८ सालदेखिको मुद्दालाई साथै राखेर सुनुवाइ गर्न लागेको छ । विगतमा कुलमान घिसिङले पनि रिट दायर गरेका थिए ।
आज हुने सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा उनी पुन: प्राधिकरण फर्कनेछन् । तर सर्वोच्चले अन्तरिम आदेशभन्दा पनि अन्तिम सुनुवाइ गर्ने तयारी गरेको छ । पछिल्लो पटक शाक्यलाई सरुवा गरेर मनोज सिलवाललाई कार्यकारी निर्देशन बनाइएको थियो ।