बिना अनुमति नेपाल छिरेर भारतीय प्रहरीद्वारा वीरगंजबाट नेपाली नागरिक पक्राउ

बिना अनुमति नेपाल छिरेर भारतीय प्रहरीद्वारा वीरगंजबाट नेपाली नागरिक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २२ मंसिर २०८२
  • 2.1K
    Shares

पोखरा, २२ मङ्सिर २०८२।

नेपाल सरकारको अनुमति बिना नेपाल भित्र प्रवेश गरेर भारतीय प्रहरीले एक जना नेपालीलाई पक्राउ गरेको छ।

पर्साको सखुवा प्रसौनी गाउँपालिका–५, खजुरियाका मेघराज साहलाई भारतीय प्रहरीले वीरगंजस्थित राधेमाइ टोलबाट पक्राउ गरेर भारत लगेको हो ।

स्रोतका अनुसार शनिबार राति भारतीय नम्बरको गाडीमा आएका सादा पोशाकका भारतीय प्रहरीले साहको गाउँ खजुरिया हुँदै मनवा बजारसम्म खोजतलास गरेको थियो । उनी वीरगंज महानगरपालिका–१३ राधेमाइ टोलमा रहेको निवासमा प्रहरी पुगेको थियो । त्यहीँबाट साहलाई नियन्त्रणमा लिएर प्रहरीले भारत लगेको परिवारजनले बताए । थार गाडीमा सादा पोशाकमा तीन भारतीय प्रहरी आएका थिए ।

केही दिनअघि भारतमा ५० किलोभन्दा बढी चरेशसहित एक व्यक्ति पक्राउ परेका थिए । उनको बयानका आधारमा साहको पनि नाम जोडिएपछि उनी भारतीय प्रहरीको खोजीमा परेको बताइएको छ । पर्सा प्रहरीले भने यस विषयमा कुनै जानकारी नभएको बताएको छ ।

प्रतिक्रिया