पोखरा, २२ मङ्सिर २०८२।
बर्दियाको राजापुरमा एक जना होटलका कर्मचारीको गोली हानि हत्या गरिएको छ।
राजापुर नगरपालिका–४ स्थित हमार थारु घर थारु रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीको गोली हानि हत्या गरिएको हो।
प्रहरीका अनुसार , दाङ तुलसीपुर नगरपालिका–५ घर भएका चौधरी अचेत अवस्थामा रेष्टुरेन्टभित्र देखिए पछि तत्काल उपचारका लागि नेपालगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको थियो। तर उपचारका क्रममा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिएका छन्।चौधरीको गाला र दुबै कानमा गोली लागेको पुष्टि भएको छ। घटनास्थलबाट गोलीका खोका समेत फेला परेको प्रहरीले जनाएको छ।
उनको शव पोष्टमार्टमका लागि नेपालगञ्जमै राखिएको छ र रिर्पोट आएपछि मात्र थप तथ्य बाहिर आउने प्रहरीको भनाइ छ।
चौधरीलाई गोली प्रहार गर्ने व्यक्ति मोटरसाइकलमा फरार भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।