काठमाडौँ, २२ मङ्सिर २०८२।
पार्टी विभाजनपछि पहिलोपल्ट गृह जिल्ला पुगेका नेता जनार्दन शर्मालाई अहिले नेपाली कम्युनिष्ट पार्टीको कार्यकर्ता बनेका तत्कालीन माओवादी केन्द्रका कार्यकर्ताले कालो झन्डा देखाएका छन् ।
रुकुम पश्चिमको जिल्ला सदरमुकामस्थित सल्ले विमानस्थलबाट बाहिर निस्केपछि नेकपाका कार्यकर्ताले गेटमै उनलाई कालो झण्डा देखाएका हुन् । कालो झन्डा देखाएर नाराबाजीसमेत गरेका छन् ।