बढ्यो पोखराको लेखनाथ क्षेत्रमा ब्राउन सुगरको कारोबार : एकैदिनमा समातिए पांच जना युवा

बढ्यो पोखराको लेखनाथ क्षेत्रमा ब्राउन सुगरको कारोबार : एकैदिनमा समातिए पांच जना युवा


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २१ मंसिर २०८२
  • 2.6K
    Shares

पोखरा, २१ मङ्सिर २०८२।

पोखराको लेखनाथ क्षेत्रबाट एकैदिनमा अबैध लागू औषध ब्राउन सुगरसहित पांच जना युवा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ३१ बेगनास बस्ने वर्ष ३० को मिलन क्षेत्री, सोही ठाउँको वर्ष २१ को अतित थापा, पोखरा २७ रिठेपानी घर भई हाल पोखरा ३० शिशुवा बस्ने वर्ष २३ को हसन भण्डारी, शिसुवामै बस्ने वर्ष ३९ को उदिप गुरुङ र पोखरा २६ जलधारे बस्ने वर्ष ४३ को बिक्की परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। उनीहरुको साथबाट कुल ३१.८ ग्राम लागू औषध ब्राउनसुगर बरामद भएको पनि प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय शिशुवा कास्की र लागू औषध नियन्त्रण ब्युरो पोखराबाट खटिएको सयुक्त प्रहरी टोलिले गएको शुक्रबार दिउसो दुई बजे मिलन क्षेत्रीलाई १.८ ग्राम र एउटा मोबाइल समेत पक्राउ गरेकोमा अनुसन्धान गर्दै जाँदा अतित थापाको समेत संलग्न रहेको खुलेपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

सोही संयुक्त टोलीले ११ ग्राम ब्राउन सुगर सहित हसन भण्डारीलाई पक्राउ गरेकोमा अनुसन्धानका क्रममा कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. ३ घर भई हाल पोखरा २७ शिसुवा बस्ने वर्ष ३९ को उदिप गुरुङ समेतको संलग्न रहेको देखिए पछि गुरुङलाई पनि पक्राउ गरिएको प्रहरीको दाबी छ।

सोही दिनको साँझ करीब छ बजेको समयमा पोखरा २६ जलधारे बस्ने वर्ष ४३ को बिक्की परियारलाई निजले बोकेको झोलाबाट लागू औषध ब्राउनसुगर १९ ग्राम, डिजिटल मेसिन थान-१ र मोवाईल थान १ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया