दाङमा सुनचांदी ब्यबसायीमाथि गोली प्रहार : जुनतारा सुनचादी पसलका संचालक सुनार घाइते

दाङमा सुनचांदी ब्यबसायीमाथि गोली प्रहार : जुनतारा सुनचादी पसलका संचालक सुनार घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २० मंसिर २०८२
  • 2.6K
    Shares

पोखरा, २० मङ्सिर २०८२।

दाङमा आज दिउसो एक जना सुनचांदी व्यवसायीलाई गोली हानि घाइते बनाइएको छ।

लमही नगरपालिका–५ मा रहेको जुनतारा सुनचादी पसलका संचालक प्युठानको प्युठान नगरपालिका–५ का १८ बर्षीय दिपक सुनारलाई अज्ञात समूहले आज दिउसो करीब एक बजे गोली हानि घाइते बनाइएको हो।

घाइते सुनारको घाटीको दाहिने साइडमा गोली लागेको र अहिले लमही अस्पतालमा उपचार भइरहको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिए।

सुनचादी पसलमा लुटपाट गर्ने उदेश्यले गोली चलाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । पसलबाट लुटपाट भने नभएको प्रहरीले जनाएको छ ।

अहिले घटनामा संलग्न व्यक्ती फरार रहेका छन् । उनको खोजीका लागी वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशनराज पाण्डेको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।।

प्रतिक्रिया